Duration 3:46

नेपालको भुगोल सम्वन्धी भौगोलिक अवस्थाभौगोलिक अवस्था परिचय र विषेशताlaxmi loksewagyanlaxmi gyan

5 935 watched
0
115
Published 4 Oct 2020

This video is aimed at imparting knowledge of loksewa students. #नेपालको भुगोल सम्वन्धी भौगोलिक अवस्था#भौगोलिक अवस्था परिचय र विषेशता#laxmi loksewagyan#laxmi gyan नेपालको भुगोल सम्वन्धी भौगोलिक अवस्था को बारेमा बिशेष बताएका छन्।र loksewa exam ma subjects r objective दुवै गरि सोध्ने भएकाले यसको बारेमा जानकारी लिन अति नै उपयोगी मानिन्छ। भौगोलिक अवस्थिति नेपाल दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्टित मुलुक हो । यो समुद्रदेखि करीब ११२७ कि.मि. टाढा छ । यो एसियाका दुई विशाल मुलुकहरू भारत र चीनको बीचमा पर्दछ । नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. अर्थात ५६,८२७वर्गमाइल छ । नेपालको पूर्व–पश्चिम लम्बाइ ८८५ कि.मि. र उत्तर दक्षिण चौडाइ सरदर १९३ कि.मि. छ । नेपाल २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । नेपालले विश्वको कूल भूभागको ०.०३ प्रतिशत रएसिया महादेशको ०.३ प्रतिशत भाग ओगटेको छ । यसको दक्षिणमा भारतको विहार राज्य, पश्चिममा भारतको उत्तराखण्ड राज्य,पूर्वमा पश्चिम बङ्गाल र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । नेपालको प्रमाणिक समय दोलखा जिल्लामा पर्ने गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेटपूर्वी देशान्तरलाई आधार मानी निर्धारण गरिएको छ । नेपालको समय ग्रीनबीच मानक समयभन्दा ५ घण्टा ४५ मिनेट छिटो छ । यो समय वि.सं. २०४२ साल वैशाख १ गतेदेखि लागू गरिएको हो । विश्वका ८,००० मिटरभन्दा उच्च १४चुचुराहरूमध्ये नेपालमा ८ वटा पर्छन् । ६,००० मिटर र सोभन्दा अग्ला चुचुराहरू १,३०० भन्दा बढी छन् । मुस्ताङ इलाकामा मात्र यस्ता लगभग ३०१ चुचुराहरू रहेका छन् । नेपालमा हिमालयका साथसाथै कोशी, गण्डकी, कर्णालीजस्तामहानदीहरू र रारा, फेवा, गोसाइँकुण्डजस्ता सुन्दर तालहरू छन् । भू–स्वरूपको विविधताका साथै जलवायु र मौसमको अत्यधिक विभिन्नताले गर्दा उष्ण (Tropical), अर्धोष्ण(Mesontermal), सूक्ष्म तापीय (Micro thermal), टाइग्रा र तुन्द्रा प्रकारका जलवायु नेपालमा पाइन्छन् । नेपालको भौतिक स्वरूपमा उचाइगत विविधताले भौगोलिक विभिन्नताको अवस्था सिर्जना गरेको छ । विश्व मानचित्रमानेपाल सगरमाथाको देश, गौतम बुद्धको जन्मस्थल लुम्बिनीको देश, तेश्रो ध्रुबको देश तथा विशिष्ट झण्डाको देशको रूपमा समेत परिचित छ । धन्यवाद।।।

Category

Show more

Comments - 3