Duration 10:52

भारतमा देखिएको संक्रमण नेपालको गाउँ गाउँ पस्यो | | Nepal Times

75 582 watched
0
2 K
Published 27 Apr 2021

भैरहवा, कपिलवस्तु, बाँकेमा पनि मूल सीमा नाकामा सावधानी अपनाउँदै खुला आवागमनलाई व्यवस्थित बनाइए पनि साना नाका र दशगजाबाट निर्बाध ओहोरदोहोर रोकिएको छैन ।कति मानिसहरु आए, तिनमा कति संक्रमित छन् । उनीहरु कुन पालिकामा गए अत्तो पत्तो नहुँदा भारतको कोरोनाको सुनामी हेरिरहेका नेपालीले घर भित्रै कोरोना भित्रिसकेको भेउ पाईसकेका छैनन् । प्रदेश एक र दुईका नाकाहरुमा पनि अवस्था उस्तै छ । मुख्य नाकाहरुमा स्थानीय सरकारहरुले निगरानी गरिएको जनाएपनि अवैध नाकाबाट निर्वाध मानिसहरु आइरहेका छन् । र उनीहरु सिधै गाउ पसिरहेका छन्, न कोरोना परीक्षण न क्वारेन्टिन । यहाँ सरकार र सरोकारवाला जति गैरजिम्मेवार बनिरहेका छन् त्यतिनै गैरजिम्मेवार नागरिक समेत बनेका छन् । कम्तिमा नागरिकले आफू सचेत र सावधान बनेर आफू संक्रमणको जोखिममा देखिए अनिवार्य परीक्षण गरे संक्रमणको फैलावट रोकिनेमा कुनै शंका छैन । तर विद्यमान परिस्थितिले कोरोनारुपमा सल्किएको भुसको आगोले गाँउ छिचोलिसकेको छ । नेपालमा अहिले गत वर्षको तुलनामा तिव्र संक्रमण फैलिएको छ । For latest news visit https://nepaltimes.net/ For advertisements e-mail us at nepaltimes45@gmail.com For News contact us on newsnepaltimes@gmail.com Follow us on Instagram: https://www.instagram.com/nepaltimesnews/ Like The Nepaltimes on Facebook: https://www.facebook.com/nepaltimesnwews/ Produced By: NepalTimes Private Limited News Edited By : NepalTimes Presented By : Ranjita Pokharel Video Edited By : Kusal Kattel #NepalTimes #Nepal-India_border #संक्रमण_गाउँ_पस्यो About Nepal Times : Nepal Times is the biggest online national-level media house from Eastern Nepal. And also it is the first online television from province no. 1

Category

Show more

Comments - 48